Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कीर्तिमानी पर्वतारोही शेर्पालाई विमानस्थलमा भव्य स्वागत


    शुक्रबार, पुष १९ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – कीर्तिमानी पर्वतारोही मिङ्मा जी.शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

    अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका कीर्तिमानी पर्वतारोही शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा भव्य स्वागत गरिएको हो ।

    शेर्पाले सातवटै महादेशका उच्च शिखर आरोहण समेत गरेका छन् । स्वदेश आएपछि उनले सातवटै महादेशका अग्लो हिमाल चढ्ने आफ्नो सपना साकार भएकाले खुसी महशुस भएको बताए ।

    उनले हिमाल आरोहणसम्बन्धी विश्वका पुरस्कारहरु नेपालमा भित्राउन पाए थप खुसी महशुस हुने उल्लेख गरे । त्रिभुवन बिमानस्थलमा स्वागत गरेपनि शेर्पालाई नगर परिक्रमा गराइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार