Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्न राप्रपाको प्रस्ताव


    शुक्रबार, पुष १९ २०८१
    870
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने प्रस्ताव गरेको छ ।

    संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारी राज्य कोषबाट तलब खानेको ट्रेड युनियन हुन नहुने बताएका हुन् । ‘वेतनधारीको ट्रेड युनियन हुन हुँदैन यो हाम्रोमा गलत भइरहेको छ’, तामाङले भने, ‘यस कारण निजामती कर्मचारीमा ट्रेड युनियन रहनै हुँदैन । यो हाम्रो पार्टीको आधिकारिक धारणा हो ।’

    पार्टीको धारणा अनुसार आफूले संशोधन समेत राखेको उल्लेख गर्दै उनले पार्टीले बेतनधारीहरुको संगठन बनाउन छाडेको र भएको पनि विघटन गर्दै गएको बताए । ‘हामीले त शिक्षक संगठन बन्द नै गरिसक्यौँ’ उनले भने ।

    राज्य व्यवस्था समितिको बैठकमै लोक सेवा आयोगले भने निजामतीमा एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहनु ठिक हुने राय व्यक्त गरेको छ । तर राप्रपा सांसद तामाङले भने लोक सेवा बाटै यस्तो राय आउनु उचित नरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार