Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण- आजदेखि प्रतिवादीतर्फको बहस, रविलाई जोगाउन १५ कानुन व्यवसायीले बहस गर्ने


    शुक्रबार, पुष १९ २०८१
    1000
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि प्रतिवादीका तर्फबाट बहस हुँदैछ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा आज शुक्रबारदेखि प्रतिवादीको तर्फबाट कानुन व्यावसायीले बहस गर्ने भएका छन् ।

    बुधबार सरकारी वकिलको बहस सकिएपछि जाहेरवाला तर्फको बहस हिजो (बिहीबार) सकिएको थियो । बिहीबार एक सय २१ जना सहकारी पीडित (जाहेरवाला)का तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

    सम्बन्धित समाचार : सूर्यदर्शन सहकारी ठगी प्रकरण- भोलिबाट प्रतिवादीका वकिलले बहस गर्ने

    आज भने प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि रास्वपा सभापति रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन् । लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २/२ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

    आज सुरुमा पूर्वडिआइजी जोशीका ६ जना कानुन व्यवसायीले बहस गरिसकेपछि मात्रै आफुहरुको पालो आउने लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता नारायण घिमिरेले जानकारी दिए ।

    प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।

    सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार