Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • बझाङमा दुई छुट्टाछुट्टै स्थानमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु


    शुक्रबार, पुष १९ २०८१
    880
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बझाङ – बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा परी चालकसहित ५ जनाको मृत्यु भएको छ ।

    विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

    सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।

    चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

    विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार