Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेनाबाट पोखरामा थप दुई जनाकाे मृत्यु


    बिहिबार, पुष ९ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट पाेखरामा थप दुई जनाकाे मृत्यु भएको छ ।

    तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड-१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको हाे । 

    यस्तै स्याङ्जाकी ७४ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बुधबार राति ८ बजेर २० मिनेटमा मृत्यु भएको शर्माले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार