Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झारफुक गर्ने बहानामा बलात्कार, १ जना पक्राउ


    बिहिबार, पुष ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी प्रभाग साँखुले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २, हैबुङ घर भई काठमाडाैंकाे शंखरापुर नगरपालिका ६, सलम्बुटार बस्ने ४६ वर्षीय भीमबहादुर सुनार रहेका प्रहरीले जनाएकाे छ ।

    प्रहरीका अनुसार उनलाई काठमाडौंमा झारफुक गर्ने बहानामा ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोप छ । 

    सुनारले ती महिलालाई झारफुक गर्ने बहानामा बोलाई सलम्बुटारस्थित टहरोमा बलात्कार गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार