काठमाडौँ- गोश्वारा हुलाक कार्यालयले स्वदेशी तथा विदेशी नागरिकलाई प्रदान गर्दै आएको पार्सल र इ.एम.एस. सेवा अबदेखि अनलाइनमार्फत उपलब्ध गराउने भएको छ। बुधवारदेखि सुरु भएको यस सेवाले सेवाग्राहीहरूमा ठूलो उत्साह थपेको छ। गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीका अनुसार, यस सेवाको सुरुवातले नागरिकहरूमा विश्वास बढाउनुका साथै सरकारी सेवा प्रणालीलाई छिटोछरितो बनाउन मद्दत गर्नेछ।
हुलाक अधिकृत रेग्मीले यस सेवाले कर्मचारीहरूले कुनै किसिमको गडबडी गर्ने सम्भावना अन्त्य गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो सेवाको सुरुवातले सरकारी काम पारदर्शी मात्र बनाउँदैन, राजस्वको रकम तुरुन्तै सरकारी खातामा जम्मा हुने सुनिश्चितता पनि गर्दछ।”
उनका अनुसार, यो सेवा हुलाक कार्यालयको लामो प्रयासपछि लागू भएको हो। यसले सरकारी सेवा प्रणालीलाई भरपर्दो र विश्वासिलो बनाएको छ। रेग्मीले थप भने, “यो अनलाइन सेवा अत्यन्त सहज र सुरक्षित भएकाले नागरिकहरूले शङ्काविना प्रयोग गर्न सक्नेछन्।”
सरकारी सेवालाई डिजिटलाइज्ड गर्ने क्रममा ओझेलमा पर्दै आएको हुलाक सेवालाई पनि अनलाइनमा लगेसँगै नयाँ युगको सुरुवात गरेको अधिकारीहरू बताउँछन् । हुलाक कार्यालयले यो कदमले नागरिकको सेवा उपयोगमा सहजता र पारदर्शिताको अनुभूति गराउने अपेक्षा राखिएको छ
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend