Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाल गायक सचिन परियारको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त


    बिहिबार, पुष १८ २०८१
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।

    सामाजिक सञ्जालमा भाइरल बाल गायकको रूपमा चर्चित परियारको बिहीबार त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार