Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमपाल, करण र कुशलले यूएईको टी १० लिगमा खेल्ने


    बिहिबार, पुष ९ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्लले यूएईमा हुने टी–टेन लिगमा खेल्ने भएका छन् ।

    उनीहरु पहिलो पटक दस ओभरको फ्रेन्चाइज लिगमा खेल्न लागेका हुन् । बुधबार रातिको ड्राफ्टबाट उनीहरूको अनुबन्ध निश्चित भएको हो । जसअनुसार सोमपालले मराठा अरबियन्स, करणले पुने डेभिल्स र कुशलले टिम आबुधाबीबाट खेल्ने भएका हुन् ।

    सोमपालले यसअघि एक अवसरमा विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । करण र कुशलका लागि यो नयाँ अनुभव हुनेछ ।

    टी–१० लिग नोभेम्बर १८ बाट सुरु हुने तय भए पनि कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । नयाँ तालिकाअनुसार आउँदो जनवरी २८ देखि शेख जायद क्रिकेट रंगशालामा लिग सुरु हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार