Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ओलीमाथि भीम रावलको आरोप प्रचण्डको ‘कपी पेस्ट’- प्रदीप ज्ञवाली


    बिहिबार, पुष १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले बुधबार अध्यक्ष केपी शर्मा ओलीमाथी लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन् ।

    आज (बिहिबार) च्यासलमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले ओलीमाथि रावलका आरोप ‘प्रचण्ड’ले नेकपा नेकपाकालमा प्रचण्डको १९ पेज लामो अभियोग पत्रको कपी पेस्ट जस्तो मात्र रहेको टिप्पणी गरेका हुन् ।

    ‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रस्ट भयो । गालीगलौजले देश बन्दैन । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजी खोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसै गरी उदाउनुभयो’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौँ । देश बनाउने अभियानमा छौँ । एमालेले त्यस्तो कुरालाई महत्त्व दिएर बस्दैन महत्त्वपूर्ण पनि ठान्दैन ।’

    उनले हिजो भीम रावलले ओलीमाथि उठाएका प्रश्नले उनीभित्र कति नकारात्मक कुरा रहेछ भन्ने प्रष्ट भएको बताए । बुधबार भीम रावलले पत्रकार सम्मेलनमार्फत केपी ओलीमाथि ७४ प्रश्‍न तेर्स्याएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार