Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्युटीमा रहेको प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ


    बिहिबार, पुष ९ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    ललितपुर महानगरपालिका–२ धोबीघाट चोकमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा ८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटोमा हिँडेको मान्छेलाई अपशब्द बोलेका थिए।

    महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई–बुझाई गर्ने क्रममा प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार