Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन


    बिहिबार, पुष १८ २०८१
    850
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा काठमाडौँको कालिमाटीस्थित निवासमा विहीबार विहान निधन भएको हो ।

    शाह २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । सन् १९७१ मा बंगलादेशको निर्माण भएपछि बंगलादेशका लागि पहिलो नेपाली कार्यवाहक राजदूत पनि शाह नै बनेकी थिइन् ।

    नरेन्द्रविक्रम शाह परराष्ट्र सचिव छँदा मन्त्रालयको ‘अतिरिक्त सचिव’ सम्म भइन् । २०४९ मा अकस्मात ल्याइएको निजामती सेवामा ३० वर्षे उमेर हद लागु भएपछि सचिव बन्नै नपाई शाहले अवकाश प्राप्त पाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार