धनकुटा । धनकुटामा बसकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका–७ जिरो प्वाइन्टमा बिहीबार बसले ठक्कर दिँदा धनकुटा नगरपालिका–९ रुद्रबारीकी ४५ वर्षीया गुना राईकाे मृत्यु भएकाे हाे ।
राईलाई धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हाे ।
राई आफू सवार बसबाट ओर्लने क्रममा दुर्घटनामा परेकी थिइन् । चालकसँगै बस नियन्त्रणमा लिएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।