काठमाडौं – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपीको थुनछेक बहस आज (बिहीबार) पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा हिजो सरकारी वकिलले बहस सकेपछि आजदेखि जाहेरवाला सहकारी पीडितका कानून व्यवसायीले बहस गर्दैछन् ।
जाहेरवालाका तर्फबाट बहस गर्न १२ जना कानुन व्यवसायीले वकालतनामा पेश गरेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सबैले बहस गर्ने वा नगर्ने टुंगो लागिनसकेको उनले बताए । जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस शुरु गर्नेछन् ।
प्रतिवादीका तर्फबाट बहस गर्नका लागि बुधबारसम्म वरिष्ठ अधिवक्तासहित १५ कानून व्यवसायीले वकलतनामा बुझाएका छन् । शुक्रबार र आइतबार प्रतिवादीका तर्फबाट बहस सकिए सोमबार जवाफी बहस हुन सक्ने खनालले जानकारी दिए । जवाफी बहस सकिए पछि न्यायधीशले प्रतिवादीहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend