Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्याे


    बिहिबार, पुष ९ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु १०० ले उकालो लागेको छ । प्रतितोला रु ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला रु ९४ हजारमा कारोवार भएको थियो । 

    यस्तै तेजाबी सुन प्रतितोला रु ९३ हजार ६०० मा कारोवार भएको छ । तेजाबी सुन बुधबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएको थियो ।  चाँदी प्रतितोला रु एक हजार २८० मा कारोवार भएको छ । 

    बुधबार भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको थियो । चाँदी बुधबारका तुलनामा आज प्रतितोला रु १५ ले वृद्धि भएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार