Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा आफन्तको घरमा पाहुना गएका सोमन चौधरी मृत फेला


    बिहिबार, पुष १८ २०८१
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी – कैलालीमा आफन्तको घरमा पाहुन गएका एक व्यक्ति मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका(७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराका अनुसार परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएका हुन् ।

    चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर, बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार