Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


    बिहिबार, पुष १८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

    बैठकमा आगामी केन्द्रीय समिति बैठकको तयारीबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रले यही पुस २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पुस १८ गतेदेखि २० गतेसम्म स्थायी कमिटी बस्ने छ ।

    यसअघि माओवादी केन्द्रले पुस २ गतेदेखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै पुस २१ गतेसम्मका लागि सारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार