काठमाडौं, १८ पुस । संघीय संसदको ६ वटा समितिका बैठक बस्दैँछ ।
संघीय संसद सचिवालयका अनुसार सबै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा हुनेछन् ।
जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आ.ब् २०८१÷८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल एेनलाइ संसोधन गर्न बनेको बिधेयकको सबन्धमा बन तथा बातावरण मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ । बिहान ११ः३० बजे बस्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथी छलफल हुदैँछ । सो बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
पूर्वाधार विकास समितिको बैठकको अजेन्डामा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुने गरी तय गरिएको छ । बिहान ११ः०० बजे बस्नेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । जुन बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गरिने संसद सचिवालयले जनाएको छ । जुन बैठक बिहान ११ः३० बजे बस्नेछ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend