Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधवजी र म एक हुने भयौं, रावलजी के गर्नुहुन्छ थाहा भएन- वामदेव गौतम


    बुधबार, पुष १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एकीकृत समाजवादी प्रवेशको तयारीमा रहेका नेता वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन् ।

    बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । भीम रावलजी के गर्नुहुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’

    केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । ‘छलफल सकारात्मक भएको छ, अब चाँडै निर्णय पनि आउँछ,’ उनले भने । उनका अनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा गौतमले प्रश्न राखेका थिए । ‘उक्त विषयमा पनि आज निकैबेर छलफल भयो । लगभग सहमतिको दिशामा गएका छौं,’ खतिवडाले भने ।

    समझदारी विकास गर्ने गर्दै अघि बढ्ने सहमति भएको भन्दै गौतमले भनेका छन्, ‘हामीले एकताको घोषणा निर्णय भएपछि भन्छौं । अब धेरै समय लाग्दैन होला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार