Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले उम्मेदवार फिर्ता गरेर मनाङेलाई गण्डकीको मन्त्री बनाए- भीम रावल


    बुधबार, पुष १७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेबाट निकालिएका नेता डा. भीम रावलले मनाङमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उम्मेदवारलाई फिर्ता गराएर दीपक मनाङे (राजीव गुरुङ) लाई मन्त्री बनाएको आरोप लगाएका छन् ।

    पार्टीबाट निष्कासनमा परेपछि आज(बुधबार) पहिलोपटक पत्रकार सम्मेलन आयोजना गर्दै उनले एमालेको उम्मेदबारलाई फिर्ता गरी दिपक मनाङे (राजीव गुरुङ) लाई गण्डकी प्रदेशको मन्त्री बनाएको आरोप लगाएका हुन् ।

    त्यसका लागि पार्टीका महासचिव शंकर पोखरेललाई खटाएको उनले बताएका छन् । ‘शंकर पोखरेललाई ०७८ साल वैशाखमा सेना परिचालन गरेर स्थायी कमिटी बैठकबाट मनाङमा पार्टीको उम्मेदवार बनाएका व्यक्तिलाई मनपरी किसिमले नाम फिर्ता गराएर दीपक मनाङे राजीव गुरुङलाई त्यहाँ निर्वाचन गराउने र पछि गण्डकी प्रदेशको मन्त्री बनाउने तपाईं नै होइन र रु,’ रावलले प्रश्न गरेका छन् ।

    साथै, उनले कोशी प्रदेशमा परमादेशको आधारमा सरकार बनाउन लगाएको पनि जिकिर गरे । ‘०७७ साल माघमा संवैधानिक आयोगमा तपाईंले गर्नुभएको प्रतिनिधिसभाको विघटनलाई संविधान विरोधी ठहर गर्दै बारम्बार परमादेशी सरकार भनेर कटाक्ष गर्नुभएको थियो । तर कोही प्रदेशमा परमादेशको आधारमा किन सरकार बनाउन लगाउनु भयो रु,’ रावलले प्रश्न गरेका छन् ।

    नेता रावलले अध्यक्ष ओलीले पार्टीलाई एकलौटि ढंगले चलाएको र निरंकुस र अन्यायपुर्ण किसीमले आफ्नो सदस्यता खाएको भन्दै आज पत्रकार सम्मेलनमार्फत प्रश्नैप्रश्न गरेका छन् । उनले आफूलाई पार्टीमा रहँदा गरिएका व्यवहारहरू प्रतिशोधपूर्ण भएको गुनासो पनि गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार