Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीलाई भीम रावलको चेतावनी- ०८४ को निर्वाचनमा जनताले जवाफ दिन्छन्


    बुधबार, पुष १७ २०८१
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेबाट निष्कासित भएका नेता डा। भीम रावलले आफूले उठाएको विषयमा चित्तबुझ्दो जवाफ नदिए मिसन ०८४ मा जनताले देखाइदिने चेतावनी दिएका छन् ।

    आगामी यात्राबारे जानकारी दिन आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पार्टीलाई सत्ता स्वार्थमा मात्रै निहित बनाएको दाबी गरे। ओलीले नै देशकै राजनीतिलाई अवसरवाद र गन्तव्यहीन बनाएको पनि आरोप लगाए ।

    आफूलाई स्पष्टिकरण सोध्नु निधेषको राजनीति भएको बताउँदै आफूले कुनै समानान्तर गतिविधि नगरेको जिकिर गरे । उनले पार्टीका नेता कार्यकर्तालाई छलफल गर्नुलाई समानान्तर गतिविधि हुन्छ रु भन्दै प्रश्न गरे ।

    नेता रावलले एमालेभित्र निरंकुस र एकलाटी हिसावले पार्टी सञ्चालन गरेको र अन्यायपुर्ण रुपले सदस्यता खाएपछि बाध्य भएर बैकल्पिक बाटोरोज्नु परेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार