Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च अदालतमा आज दुईथरी संवैधानिक इजलास गठन


    बुधबार, पुष १७ २०८१
    805
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – सर्वोच्च अदालतमा आज (बुधबार) दुईथरी संवैधानिक इजलास गठन गरिएका छन् । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद र नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यता विवादको सुनुवाइ गर्न दुईवटा इजलास गठन गरिएका हुन् ।

    ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद न्यायाधीश कुमार रेग्मीले हेर्न नमिल्ने भएपछि दुईवटा इजलास गठन गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । एउटा इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

    अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन् । उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन् । रेग्मी संलग्न रहेको इजलास यसअघिकै निरन्तरता हो । यसअघि गत मंसिर १९ गते सुनुवाइ सकिएको नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवादमा सुनुवाइ सकेर आज निर्णय सुनाउने भनिएको थियो ।

    अधिवक्ता वसन्त जोशीले फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार