Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज ४ संसदीय समितिको बैठक बस्दै


    बुधबार, पुष १७ २०८१
    715
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ ।

    त्यसैगरी बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१/०५/११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।

    उता, दिउँसो सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार