Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेसको उद्योग विभागमा १० सदस्य मनोनीत


    मंगलबार, पुष १६ २०८१
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा १० जनालाई आज उनले मनोनयन गरेका हुन् ।

    नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बास्तोला (सोलुखुम्बु), सञ्जीव घिमिरे (झापा),जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट)र राजीव श्रेष्ठ (काठमाडौँ)लाई मनोनयन गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार