Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुम्बिनी प्रदेश सभा बैठक बस्दै, कर्मचारी विधेयक मुख्य एजेन्डा


    मंगलबार, पुष १६ २०८१
    935
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – आजदेखि लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । यो बैठकमा यसअघि प्रदेश सभाबाट सर्वसम्मत पास भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसँग पुगेर फिर्ता भएको कर्मचारी विधेयक प्रमुख एजेन्डाको रूपमा रहेको छ ।

    प्रदेश प्रमुख घर्तीले प्रदेश सभा, सरकारसँग कुनै समन्वय नगरी फिर्ता गरेको भन्दै दुवै पक्ष असन्तुष्ट छन् भने घर्ती आबद्ध नेपाली काँग्रेसले समेत कुनै सल्लाह नगरी प्रदेश प्रमुखले विधेयक फिर्ता पठाएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

    सरकारले फिर्ता आएको विधेयक हुबहु प्रमाणीकरणका लागि पुनः पठाउने तयारीमा छ भने प्रदेश प्रमुख घर्तीले यो विधेयकमा धेरै कमजोरी रहेकाले सच्चाउन लिखित सन्देशसहित पठाएकोले त्यसो नभए प्रमाणीकरण नगर्ने बताउँदै आएका छन् ।

    आज (मंगलवार) दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ बैठकको पहिलो बैठक बस्दै छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन पुस १६ गते दिउँसो २ बजेका लागि आह्वान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार