Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज दुई संसदीय समितिको बैठक बस्दै


    मंगलबार, पुष १६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – आज संघिय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

    जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक कार्यसूची रहेको छ ।

    त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार