Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हाइड्रोलिकमा समस्या आएपछि चन्द्रागिरि केबलकार अवरुद्ध


    सोमबार, पुष १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो ।

    हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा यात्रु नअड्किएको चन्द्रागिरि हिल्सले जनाएको छ । अहिले केबलकार मर्मत भइरहेको बताइएको छ ।

    महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको छ ।

    चन्द्रागिरि हिल्समा करिब १ हजार यात्रु रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार