Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ८४ मा माओवादी पहिलो पार्टी बन्ने ‘प्रचण्ड’को दाबी, दिए यस्ता आधार


    सोमबार, पुष १५ २०८१
    1.5K
    Shares
    kfn'ª6f/, !$ kmfu'gM gful/s e]63f6 sfo{qmd k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú uf]/vfsf] gu/ sfo{kflnsfsf] sfof{no kfn'ª6f/df cfOtaf/ cfof]lht gful/s e]63f6 sfo{qmddf wf/0ff /fVg'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने आधार देखिएको दाबी गरेका छन् ।

    आज (आइतबार) झापामा आयोजित माओवादीको खबरदारी सभालाई सम्बोधन गर्दै उनले हालै भएको स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघको निर्वाचनको परिणामले काँग्रेस र एमालेलाई बिस्तारै जनताले अस्वीकार गर्न थालेको देखिएको जिकिर गरे ।

    उनले भने, ‘हिजो म सरकारबाट बाहिरिँदै गर्दा माओवादी सकियो अब भनेर प्रचार गरेका थिए, अहिले एक्लै जाँदा स्थानीय तहको उपनिर्वाचनको परिणामले उनीहरूको प्रचार खण्डन गरेको छ । माओवादीले त कहिले काँग्रेसलाई, कहिले एमालेलाई ठूलो पार्टी बनाउने गल्ती गरेको रहेछ । अब एक्लै लडेर दुवैलाई सिध्याइ दिन्छौँ ।’

    प्रचण्डले काँग्रेस र एमालेसहित अन्य दलहरू मिलेको ठाउँमा पनि माओवादी एक्लैले जितेर देखाइसकेको सुनाए ।

    ‘हामी अब आउने निर्वाचनमा पहिलो पार्टी बन्छौँ’, उनले भने, ‘तपाईँहरूले श्रीलंकामा देख्नुभयो नि ! अघिल्लो निर्वाचनमा कमजोर भनेर तीन सीटमात्रै ल्याएको एनपीपी, दुई-दुई पटक हतियार उठाएर सशस्त्र क्रान्ति गरेको पार्टी, अहिले अत्यधिक बहुमत, झण्डै दुई तिहाइ ल्याएको छ । अहिलेको राष्ट्रपतिले पनि उठाएको मुद्दा भनेको भ्रष्टाचारकै हो । यही भ्रष्टाचार, सुशासन र आर्थिक समृद्धिको मुद्दाले नै २०८४ हामीलाई पहिलो पार्टी बनाउँछ । तपाईँहरू ढुक्क भएर लाग्नुस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार