Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार पार्टी घोषणा गर्दै भीम रावल


    सोमबार, पुष १५ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा। भीम रावलले आगामी बुधबार (पुस १७ गते) पार्टी घोषणा गर्ने भएका छन् ।

    रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका थिए ।

    आगामी बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्ने तयारी रहेको रावलनिकट स्रोतले जनाएको छ ।

    सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेस (बीपी) का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका थिए । मल्ल कांग्रेस डडेल्धुराका पूर्वसभापति हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार