Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा नेपालका पाँच केन्द्रीय विभागले पूर्णता पाए


    सोमबार, पुष १५ २०८१
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका ५ वटा केन्द्रीय विभागले पूर्णता पाएका छन्।

    महाधिवेशनपश्चात गठित विभागहरुको बैठकबाट आवश्यक पदाधिकारी चयन गरी विभागलाई सक्रिय बनाउँन केन्द्रीय कार्यालय समितिको समन्वयमा सम्बन्धित विभागहरुको बैठकबाट विभागहरुलाई पूर्णता दिइएको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    आइतबार स्वास्थ्य तथा जनसंख्या विभागको बैठकबाट प्रमुख डा। सुरेन्द्र यादव र अब्दुल कलाम अन्सारीलाई विभागको सचिव चयन गरिएको छ। पूर्ण बस्नेत प्रमुख रहेको प्रचार प्रसार तथा प्रकाशन विभागको उपप्रमुखमा शम्भु झा र सचिवमा देबबहादुर दुरा चयन भएका छन्।

    सहकारी तथा गरिवी निवारण विभागको बैठकबाट प्रमुखमा उदयकान्त मिश्र र विभागको विज्ञ सदस्यमा रघुवीर मिजार मनोनित भएका छन्। युवा, विद्यार्थी तथा खेलकुद विभागको उपप्रमुखमा कृष्णशंकर साह र सचिवमा रमेश यादव चयन भएका छन्। यस विभागको प्रमुख विक्की यादव रहेका छन्।

    वन तथा वातावरण विभागको सचिवमा हंशा साह तथा विभागको विज्ञ सदस्यमा चन्देश्वर सदा र माधवप्रसाद देवलाई मनोनित गरिएको छ। सोमबार अर्जुन थापा प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार