Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बित


    सोमबार, पुष १५ २०८१
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बित भएका छन् । दुईपटक निर्वाचित भएका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका हुन् ।

    नेपाली काँग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ ।

    नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार