Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रौतहटमा आगलागी हुँदा ८ घर जलेर नष्ट


    सोमबार, पुष १५ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – रौतहटमा आगलागी हुँदा आठओटा घर र केही गोठ जलेर नष्ट भएको छ । राजदेवी नगरपालिका- ५ मा रहेको पासवान टोलमा गएराति भएको आगलागी आठवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    राति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किएको अनुमान प्रहरीले गरेको छ। आगलागीबाट जगतनाथसँगै बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

    आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए।

    प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा आज बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार