Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ : प्रधानमन्त्री ओली


    सोमबार, पुष १५ २०८१
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘तमु ल्होसार’को शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको शुभकामना दिएका हुन् ।

    उनले सन्देशमा भनेका छन्, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ । सबैलाई तमु ल्होसारको शुभकामना १११’ सामाजिक सञ्जालमा भनिएको छ ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यू लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ ।’

    पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारी बिदा दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार