Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको गृह जिल्ला जाँदै प्रचण्ड, भ्रष्टचारबिरूद्द खबरदारी गर्ने


    सोमबार, पुष १५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज झापा जाँदैछन ।
    गौरीगञ्जमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्धको खबरदारी सभालाई सम्बोधन गर्न उनी आज झापा जान लागेका हुन् ।

    केपी ओली सरकार भ्रष्टचारमा डुबेको र आफ्नालाइ काखा गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले देशब्यापी रूपमा खबरदारी सभाको आयोजना गरिरहेको छ । शनिवार महेन्द्रनगर पुगेका प्रचण्ड ओलीको गृह जिल्लामा जान लागेका हुन । 

    प्रचण्डले सम्बोधन गर्ने उक्त खबरदारी सभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार