Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक दुई जनालाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएर सुशासन हुँदैन : धनराज गुरुङ


    आइतबार, पुष १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लगाइएको सम्पत्ति शुद्धीकरण मुद्दा असन्तुष्ट देखिएका छन् । गुरुङले एक दुई जना नेतालाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाएर सुशासन कायम नहुने भन्दै असन्तुष्ट व्यक्त गरेका हुन् ।

    महोत्तरी क्षेत्र नम्बर ३ जलेश्वरमा काँग्रेसको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले सम्पत्ति छानबिन एकरदुई नभई सबै नेताको हुनुपर्ने बताए । एकरदुई जना नेताको मात्रै सम्पत्ति छानबिन गरेर नेता तर्साउन नहुने उनको धारणा थियो ।

    ‘एक दुई जनाको मात्र होइन सबै नेताको सम्पत्ति छानबिन हुनुपर्छ,’ गुरुङले भने । नेताको मात्र नभएर कर्मचारीको समेत सम्पत्ति छानबिन हुनुपर्ने गुरुङको जोड थियो ।

    उपसभापति गुरुङले सरकार तत्काल ढल्ने परिकल्पना नगर्न कार्यकर्तालाई आग्रह गरे । ‘सरकार मन्त्री र प्रधानमन्त्री मात्रै परिवर्तन गरेर केही हुँदैन । भएको मन्त्रीमण्डललाई सबैले सफल कार्यमा लगाउन सहयोग गरौँ,’ गुरुङले भने ।

    मन्त्री बन्न नपाएकाहरूले रिस पोख्न सरकार ढल्ने हल्ला चलाएको उनको आरोप थियो । काँग्रेसमा एक नेताले अर्को नेतालाई सार्वजनिक रूपमा गाली गर्दा नागरिकमा नैरश्यता पैदा हुने विचार राखे । गुरुङले भने, ‘घरको कुरा घरमा मज्जाले गर्न पाइन्छ, गर्ने हो तर नेता(नेता बीचमा सम्बन्ध नै नभए जसरी एकले अर्कोलाई गाली गर्न हुँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार