Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धितोपत्र सम्बन्धी विधेयकमा २८ सांसदका ९६ संशोधन प्रस्ताव दर्ता


    आइतबार, पुष १४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

    गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथि भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।

    भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथि १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रूपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार