Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काँग्रेस विधि र नीतिमा अडिग छ : प्रकाशशरण महत


    आइतबार, पुष १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विधि र नीतिमा नेपाली काँग्रेस अडिग रहेको बताएका छन् ।

    नुवाकोटको पञ्चकन्या-४ घ्याङस्वारामा नेपाल तरुण दल, नुवाकोट क्षेत्र नं १ को आयोजनामा ‘नेपाली काँग्रेसको एकसय दिने कार्यक्रम’ अन्तर्गत प्रशिक्षण कार्यक्रममा उनले पार्टी स्थापना गर्ने संस्थापक नेताहरूको त्याग र योगदानबाट सिर्जित विधि र नीतिले मुलुकको विश्वासिलो र भरपर्दो पार्टीको छवि कायम राख्न काँग्रेस सफल हुँदै आएको बताए ।

    प्रवक्ता डा। महतले नेतृत्वलाई प्रश्न उठाएकै कारण अन्य पार्टीमा कारबाही, निलम्बन र निष्कासन हुने गरेको भन्दै वाक९स्वतन्त्रता, लोकतान्त्रिक पद्धतिको अभ्यास, विधिको शासन, नीति प्रधान भएकै कारण आफ्नो पार्टीमा सो समस्या नरहेको दाबी गरे । महतले २०८४ सालको चुनाव नुवाकोटबाटै लड्ने घोषणा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार