Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस


    आइतबार, पुष १४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ ।

    सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी रिक्त प्रतिनिधिसभा सचिवमा नियुक्त गर्न झापाका राईलाई सिफारिस गरेका हुन् ।

    प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त छ । झापाको शिवसताक्षी– २ निवासी राई यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सल्लाहकार थिए ।

    नेकपा एमाले स्थानीय तह विभागको सचिव समेत रहेका उनले सार्वजनिक प्रशासनमा एमफील, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार