Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लुक्लाबाट काठमाडौं उडेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण


    आइतबार, पुष १४ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरेको छ ।

    हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए ।

    विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार छन् । हेलिकप्टरमा कुनै क्षति नपुगेकाले पुन उड्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार