Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्दलाई आयुक्त बनाएपछि जिल्लिएका सर्वेन्द्र खनाल गणेशराज जोशीको ठाउँ ताक्दै


    बुधबार, पुष ८ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी(साविक जनता समाजवादी)का सांसद डा. सुरेन्द्र यादवको अपहरणकाण्डमा मुछिएका पूर्वसांसद सर्वेन्द्र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने आशामा थिए । तर संवैधानिक परिषदले २०७७ मंसिर ३० मा गरेको सिफारिसमा उनी परेनन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा पूर्वएआइजी जयबहादुर चन्द आयुक्त परे । तर खनालले प्रधानमन्त्री ओलीका लागि सांसद नै अपहरण गर्ने जोखिम मोले पनि उनलाई आयुक्त नबनाइएपछि उनी असन्तुष्ट भएका भएका थिए । उनले यादव अपहरणमा सँगै गएका महेश बस्नेत र किसान श्रेष्टसँग असन्तुष्टी प्रकट गरेका थिए ।  प्रधानमन्त्री निकट सांसद महेश बस्नेतले खनाललाई अख्तियारको आयुक्त बनाउने आश्वासनसहित सांसद यादवलाई जनकपुरबाट काठमाडौंमा ल्याउनका लागि लिएर गएका थिए । बस्नेतले उनलाई अब खाली हुने पदमा नियुक्ति हुने आश्वासन दिएको चर्चा छ । 

    अख्तियारमा प्रमुख आयुक्तसहित रिक्त ३ आयुक्तमा नपरे पनि उनलाई छिट्टै एक आयुक्त पद रिक्त हुने भएकाले नियुक्ति पाउने आश्वासन दिइएको कुरा खनाल नै आफ्ना निकटस्थहरुसँग भन्न थालेका छन् । अख्तियारमा प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि हाल कामु प्रमुख डा.गणेशराज जोशीले राजीनामा दिने र उक्त पदमा नियुक्ति हुने आशामा खनाल छन् । आफूभन्दा कनिष्ट राईलाई प्रम्ख आयुक्त बनाएपछि डा. जोशीले राजीनामा दिने अनुमान गरिएको छ । यद्यपि निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलियाको नियुक्तिपछि उनीभन्दा बरिष्ठ आयुक्त इश्वरी पौडेल र नरेन्द्र दाहालले राजीनामा नदिएको दृष्टान्त पनि छ । राजीनामा नै नदिए पनि डा. जोशी आगामी चैत १७ गते ६ बर्षे पदावधिले अख्तियारबाट निवृत्त हुनेछन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार