Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचान आयोगले कुन समुहकाे पक्षमा गर्ला निर्णय?


    बुधबार, पुष ८ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, मुक्ति प्रधानसहितको टोली निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

    यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए । दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब नेकपाको कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार