Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, १६ जना घाइते


    शुक्रबार, पुष १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १६ जना यात्र् घाइते भएका छन् ।

    काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो ।घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते हुनेहरूमा तनहुँको रिसिङ गाउँपालिका–४ का २६ वर्षीय नन्दबहादुर मगर, चितवनको भरतपुर महानगरपालिका–४ का ५६ वर्षीय भिमा भट्टराई, चितवनको माडि बस्ने ४५ वर्षीय सिता सेञ्चुरी, नवलपुरको देवचुली नगरपालिका–१७ का २० वर्षीय मौसम पौडेल, लमजुङको दुधपोखरी गाउँपालिका–६ का ३५ वर्षीय बिन्दु गुरुङ, भक्तपुरको सुर्यविनायक नगरपालिका–१ ३२ वर्षीय श्रीकृष्ण श्रेष्ठ, महोतरीको जलेश्वर नगरपालिका–११ का २६ वर्षीय राम जानकारी पाण्डे, चितवनको रत्ननगर नगरपालिका–१२ का ३१ वर्षीय सुवास घिमिरे, मकवानपुरको थाहा नगरपालिका–५ का २२ वर्षीय सञ्जय तामाङ, पूर्व नवलपरासीको देवचुली नगरपालिका–१७ का ४२ वर्षीय उषादेवी पौडेल, चितवनको भरतपुर महानगरपालिका–६ का ५० वर्षीय राम कुमार रिजाल, तनहुँको बन्दिपुर गाउँपालिका–४ का ५२ वर्षीय मधुमाया मगर, गोरखाको देउराली बस्ने २९ वर्षीय सञ्जय बाठा मगर, काठमाडौंको चन्द्रागिरी नगरपालिका–२४ का ४८ वर्षीय गोपाल रावत, चितवनको राप्ती बस्ने ३५ वर्षीय चन्द्र माया लामा र पूर्व नवलपरासीको गैंडाकोट बस्ने २७ वर्षीय सुरेन्द्र थापा रहेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार