Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कोही नेता बाँकी रहँदैनन् : नेता भण्डारी


    शुक्रबार, पुष १२ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने हो भने कुनै नेता पनि बाँकी नरहने टिप्पणी गरेका छन्।

    रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित तीन मुद्दा प्रक्रिया अघि बढिरहेको बेलामा सांसद भण्डारीले यस्तो टिप्पणी गरेका हुन्।

    ‘सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को रु’ उनले फेसबुकमा लेखेका छन्, ‘बुझ्ने कोसिस गर ।’

    प्रतिक्रियामा रमाउनेहरूले हतार नगर्न आग्रह गर्दै सत्यलाई सत्य थाहा हुने उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार