Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५० औं वर्षदेखि तीनकुनेका व्यक्तिको जग्गा लुटिएको छ, सरकारले केही गरेन : बालेन


    शुक्रबार, पुष १२ २०८१
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं महानगरका मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जाका लागि केपी शर्मा ओली नेतृत्व सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताएका छन् ।

    शुक्रबार आयोजित कोटेश्वर महोत्सवमा बोल्दै मेयर बालेनले पचासौं वर्षदेखि तीनकुनेका व्यक्तिको जग्गा लुटिएको भन्दै सरकारले कुनै प्रक्रिया अघि नबढाएको बताए ।

    अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयहरुलाई सुझाव दिए ।

    प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नवढे कहिल्यै समस्या समाधान नहुने उनले बताए । शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्रिबितरण गर्न सुझाव दिए । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार