काठमाडौँ – शिलान्यास भएको ५ वर्षपछि पूर्वी नवलपरासीको कावासोतीमा नमुना सदरमुकाम निर्माण क्षेत्रमा रुख कटान स्वीकृत भएको छ । नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने ६ सय ४२ वटा रुख काट्नका लागि मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले स्वीकृति दिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले जिल्ला प्रशासन कार्यालयसहित दुई वटा भवन निमार्णको ठेक्का भइसकेको छ । भवन ठेक्का पाएको चौधरी कन्स्ट्रक्सन रौतहटले रुख कटान नहुँदा काम अगाडि बढाउन पाएको थिएन । रुख कटानको अनुमति पाएपछि वर्षौंदेखि रोकिएको नमुना सदरमुकाम निर्माणको कामले तीव्रता पाउने आशा गरिएको छ ।
वन विभागमार्फत मन्त्रिपरिषद्को बैठकले रुख कटानको अनुमति दिएको भन्ने सूचनाप्राप्त गरेको र लिखित रूपमा रुख कटानको आदेश जिल्लामा पाएपछि काम सुरु गर्ने जिल्ला डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । यस क्षेत्रमा साना ९० वटा र ठूला रुख ५ सय ५२ गरेर ६ सय ४२ वटा रुख काटिने छ ।
सदरमुकामभित्र करिब ६ किलोमिटर सडक निर्माणको काम भएको छ । तर सडकमा नाली, फुटपाथ, पार्क र साइकल रुट निर्माणको काम अझै बाँकी नै छ । १० करोड ७७ लागतमा ग्राभेल सडक निर्माण गर्ने कामबाहेक अन्य संरचना निर्माण भएको छैन ।
डीपीआर अनुसार रुख कटान गर्दा नवलपुर क्षेत्रमा रहेका लोपोन्मुख गिद्धको बासस्थान लोप हुने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् । नमुना सदरमुकाम क्षेत्रमा जिल्ला प्रशासन, शिक्षा, सरकारी वकिल, जिल्ला अदालत, कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय समिति, निर्वाचन, ट्राफिक, जिल्ला करदाता कार्यालय, हुलाक, पुनर्निर्माण प्राधिकरण, सुन्तला जोन र फलफूल जोन र जिल्ला कारागारसहित २९ कार्यालय रहने गरेर डिजाइन तयार पारिएको छ ।
संघ, प्रदेश र स्थानीय तहले आफ्नो मातहतको कार्यालय निर्माण गर्नेछन् । सदरमुकाम क्षेत्रमा कार्यालयबाहेक ५ हजार मानिस अटाउने अत्याधुनिक सभाहल, २५ हजार दर्शकले खेल हेर्न सक्ने फुटबल मैदान, ग्रिनपार्क, कभर्ड हल निर्माण गर्ने लक्ष्य छ ।
कावासोती नगरपालिका(३ मा रहेको १ सय ८६ बिघा ज्योतिकुञ्ज सामुदायिक वन क्षेत्रको जग्गा नेपाल सरकारले आफूमातहत ल्याएको छ ।२०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । डीपीआरअनुसार एकीकृत नमुना सदरमुकाम बनाउन ३३ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend