Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त


    शुक्रबार, पुष १२ २०८१
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा।मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवाद सम्झिरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा नेतासिंहसँगको आफ्नो तस्बिर पनि सार्वजनिक गरेका हुन् ।

    “मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा।मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु । दिवङ्गत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु”, फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार