काठमाडौं । काठमाडाैंकाे जडिबुटीमा एक किशाेरी मृत फेला परेकी छिन् ।
काेटेश्वर जडसबुटीस्थित न्यू फ्रेन्डसिप खाजा घरमा काम गर्ने १८ वर्षीया मनिषा परियारको शव फेला परेको प्रहरिले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टका अनुसार जडिबुटी पुलसँगैको सुकुम्बासी बस्तीमा परियारको शव फेला परेको हाे । मृत भेटिएकी मनिषा खाजाघर सञ्चालक जयराम ठकुरी र सुस्मा तामाङसँगै बस्ने गरेकी थिइन् ।
काम्ने, उफ्रिने र तर्सिने जस्ता अस्वभाविक क्रियाकलाप गर्न थालेपछि होटल सञ्चालकले गएराती परिवारको जिम्मा लगाएको प्रहरीलाई बताएका छन् ।
बुधवार विहान पुलछेउमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोधपुछका लागी होटल सञ्चालक जयराम र सुस्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भईरहेको डिएसपी विष्टले बताए ।