विराटनगर – मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएका छन् ।
संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झङ्कनाथ पराजुलीलाई पठाएका हुन् । कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन् ।
यसअगाडि गत मंसिर २७ गते अञ्जला विद्यालयमा हाजिर भएकी थिइन । प्रअ पराजुलीका अनुसार उनले मंसिर २८ गते शुक्रबार हाजिर गरेर विद्यालय उपस्थित छैनन् । ‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन ।
उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend