Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित


    मंगलबार, पुष ९ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत निलम्बनमा परेका छन् । लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्थापन समिति सदस्यबाट पनि स्वत निलम्बनमा परेका हुन् ।

    सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको थियो ।

    लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेसँगै राज्य व्यवस्था समितिको सदस्य समेत नरहेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताएका हुन् ।

    लामिछाने सदस्य रहेको रान्य व्यवस्थापन समितिको मंगलबारको बैठकमा सभापति खतिवडाले सांसद पदबाट निलम्बित भएसँगै राज्य व्यवस्था समितिबाट समेत निलम्बित भएको बताएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार