Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • रविको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा


    मंगलबार, पुष ९ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानून विपरीत निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।

    सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बन हुने भन्दै कास्की प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले मुद्दाको फैसला नआउँदासम्म रविलाई निलम्बन गरेका छन् ।

    यसमा आपत्ति जनाउदै रास्वपाका तीन सांसदहरुले सोमबार सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए । पार्टीका प्रमुख सचेतक सन्तोष परियार र सांसदद्वय सोभिता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर छलफल गरेका हुन् । उनीहरूले संसद नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिएका थिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार